क्रमशः १२
सवारी साधन पैठारी सम्बन्धी विशेष व्यवस्थाः
(१) सवारी वा ढुवानीका साधन पैठारी गर्दा देहायका शर्तहरू पालना“ गर्नु पर्नेछ:- (क) निर्माता कम्पनी वा निजको आधिकारिक: बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपालस्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउनेछ।
(ख) रिकण्डीसन्ड, प्रयोग भइसकेको -वा नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ भित्र नपर्ने, सवारी वा ढुवानीका साधन पैठारी गर्न पाइने छैन। यस्तासाधन कसैले पैठारी गरेमा जफत हुनेछ।
(ग) बिक्री गर्ने प्रयोजनको लागि खण्ड (क) बमोजिम पैठारी गरेका सवारी वा ढुवानीका साधनको पैठारीकर्ताले एक वर्षमा तीन पटक (प्रत्येक चार महिनामा) त्यस्ता साधनको अधिकतम खुद्रा बिक्री मूल्य (एम.आर.पी.) राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नु पर्नेछ।
(घ) पैठारी भएका: सवारी वा ढुवानीका साधनको खण्ड (ग) बमोजिम अधिकतम खुद्रा बिक्री मूल्य (एम.आर.पी.) प्रकाशित नगर्ने पैठारीकर्ताको भन्सार विभागले पैठारी तथा बिक्री कारोबार रोक्का राखी छानबिन गर्न सक्नेछ।
(ङ) विद्युतीय सवारी तथा ढुवानी साधन पैठारी गर्ने वा त्यस्तो साधनमा प्रयोग हुने व्याट्रीको पैठारीकर्ताले आफूले पैठारी गरेको साधनमा प्रयोग भएको वा आफूले बिक्री गरेको व्याट्टी क्रेताबाट फिर्ता लिने तथा त्यस्तो व्याट्ीको व्यवस्थापनसँग सम्बन्धित उपयुक्त योजना वर्षको एक पटक भन्सार कार्यालयमा पेश गरी सम्बन्धित पैठारीकर्ताको वेबसाइटमा समेत राख्नु पर्नेछ। त्यस्तो योजना पेश नगर्ने पैठारीकर्ताले विद्युतीय सवारी तथा ढुवानीको साधन पैठारी गर्न पाउने छैन।
(च) खण्ड (क) मा उल्लिखित शर्त उल्लङ्घन गरी सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारी तथा ढुवानी साधन जफत गर्नु पर्नेछ।
तर,
(१) सरकारी निकाय, कूटनीतिक वा महसुल सुविधा प्राप्त व्यक्ति वा निकाय, क्रण तथा अनुदान सहयोगमा सञ्चालित सरकारी आयोजनाले पैठारी गर्ने सवारी तथा ढुवानीका साधन तथा अपाङ्गता भएका व्यक्तिले आफ्नो प्रयोजनको लागि पैठारी गर्ने स्कुटरमा खण्ड (क) को व्यवस्था लागू हुनेछैन।
(२) दमकल (बारुणयन्त्र) पैठारी गर्दा खण्ड (क) तथा (ख) को व्यवस्था लागू हुने छैन।
(३) एक वर्षभन्दा बढी विदेशस्थित नेपालको क्टनीतिक नियोगमा काम गरेको नेपाली नागरिक आफ्नो कार्यकाल समाप्त भई नेपाल फर्कदा निजले विदेशमा आफ्नो नाममा दर्ता गरी आफैँले प्रयोग गरेको सवारी साधन नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको सिफारिसमा पैठारी गर्न सक्नेछ। तर दफा ९ बमोजिमको ह्वासक्ट्टी सुविधा दिइने छैन ।
(४) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको मापदण्ड बमोजिमको एम्बुलेन्स; शीर्षक ८७.०१ अन्तर्गत पर्ने ट्याक्टर र शीर्षक ८७.०५ मा पर्ने खास उद्देश्यका मोटरगाडी पैठारी गर्दा यस उपदफाको खण्ड (क) को व्यवस्था लागू हुने छैन।
(५) नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रिय वा क्षेत्रीय महत्वको सभा सम्मेलनको प्रयोजनको लागि नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गरी पैठारी गर्ने नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ भित्र पर्ने सवारी साधनको हकमा खण्ड (क) को व्यवस्था लागू हुने छैन।
(६) नेपालस्थित विदेशी कृटनीतिक नियोगमा कार्यरत कुटनीतिक पदाधिकारीले प्रयोग भइसकेका सवारी साधन पैठारी ८ गर्न चाहेमा पारस्पारिकताको आधारमा पैठारी गर्न दिन परराष्ट्र मन्त्रालयले सिफारिस गरेको अवस्थामा नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ भित्र पर्ने सवारी साधन पछि आफ्नो: कार्य अवधि समाप्त भएपछि फिर्ता लैजाने शर्तमा पैठारी गर्न दिन सकिनेछ।
(७) यस अनुसूची बमोजिम वा नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णयद्वारा पूर्ण वा आंशिक भन्सार महसुल छुट दिइएको व्यक्ति वा संस्था वा निकायले सवारी साधन निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरी पैठारी गर्दा खण्ड (क) को व्यवस्था लागू हुने छैन।
(२) कार्नेट अन्तर्गत पर्यटकले ल्याएका व्यक्तिगत प्रयोगका सवारी साधन र त्यस्तो साधनसँग सम्बद्ध मालवस्तु नेपालभित्र अस्थायी रूपमा प्रथम पटक प्रवेश गरेको मितिले एक वर्षको अवधिमा - लगातार वा पटक पटक गरी जम्मा छ महिनाको अवधिसम्म नेपालभित्र राख पाउनेछ। त्यसरी नेपालमा राखेको अवधिभर कुनै महसुल लाग्ने छैन। दुर्घटना भई प्रहरी कब्जामा रहेको वा मर्मतको लागि वर्कशपमा रहेको भनी प्रहरी _कार्यालयले
सिफारिस गरेको अवस्थामा भने त्यस्तो अवधि कार्नेटमा तोकिदिएको अवधिमा गणना हुने छैन। यसरी कार्नेट अन्तर्गत पैठारी भएका सवारी साधनहरू दान, दातव्य वा उपहार दिन वा बिक्री गर्न पाइने छैन। कार्नेटमा जनाई नेपाल प्रवेश गराइएको सवारी साधन छ महिनाभित्र फिर्ता नलगेमा स्वतः जफत हुनेछ।
(३) कार्नेट बाहेक अस्थायी (तवरबाट पैठारी भएका मोटरकार, स्टेशन वाइगन, जीप, बस, ट्रक, ट्र्याक्टर र तिनका ट्रेलर, लहरी, भ्यान, तीनपाङ्ग्रे साधन/र मोटरसाइकल जस्ता साधन समेतमा भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि करको सट्टा देहाय बमोजिम एकमुष्ट समदरमा भन्सार महसुल लगाई असुल गरिनेछः-
(क) ट्रूयाक्टरमा प्रतिदिन पाँच सय रूपैयाँ, ट्रेलर फिट भएको ट्र्याक्टरमा वा ट्रेलर मात्रमा प्रति दिन आठ सय रुपैयाँ।
तर मालवस्तु बोकी ल्याएका ट्रेलरसहितको ट्र्याक्टर .अठ्चालीस घण्टाभित्र रित्तै फर्की गएमा सो ट्र्याक्टरको महसुल लिइने छैन। यसरी पैठारी गरी ल्याएको ट्र्याक्टर, ट्रेलर वा ट्रेलरसहितको ट्रयाक्टर तीस दिनभन्दा बढी नेपालमा राख्न पाइने छैन।
(ख) कार्नेट नभएका सवारी साधनमध्ये कार, जीप र भ्यानमा दैनिक छ सय रूपैयाँ, बस, मिनिबस लगायतका टुरिष्ट गाडीमा दैनिक छ सय रुपैयाँ, मोटरसाइकल तथा स्कुटरमा दैनिक दुई सय रूपैयाँ र तीनपाङ्ग्रे सवारी साधनमा दैनिक चार सय रूपैयाँ महसुल तिरी अस्थायी पैठारी भएका सवारी साधन एक वर्षमा तीस दिनभन्दा बढी नेपालमा राख पाइने छैन। तर,
(१) यसरी पैठारी भएका सवारी साधन; नजिकको बजारसम्म पुगी प्रवेश गरेकै दिन फर्कने भएमा कुनै महसुल लाग्ने छैन।
(२) नेपालसँग भएको द्विपक्षीय वा _बहुपक्षीय सम्झौता बमोजिम अस्थायी पैठारी हुने, सवारी साधनको सम्बन्धमा सोही सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।
(३) चलचित्र छायाङ्कन, शैक्षिक प्रदर्शनी तथा सामाजिक जनचेतना अभिवृद्धिका: निमित्त संयन्त्र जडित भई आउने विशेष: प्रकारका सवारी साधनको लागि यस खण्डमा उल्लिखित समयावधिले नपुग हुने भई सम्बन्धित कार्यालय प्रमुखको रायसहित लेखी आएमा महानिर्देशकले नियम अनुसारको महसुल लिई बढीमा तीन महिनासम्मको म्याद थप गरिदिन सक्नेछ।
(ग) मालवस्तुको परिव्रहनको लागि अस्थायी पैठारी हुने ट्र्याक्टर बाहेकका ट्रेलर, ट्रक र अन्य गाडीलाई एकपटकमा सात दिनसम्म .प्रति दिन एक हजार सात सय रूपैयाँ।
(घ) अस्थायी- पैठारी गरी ल्याएका सवारी र ढुवानीका साधन अनिवार्यरूपमा फिर्ता लैजानु पर्नेछ। खण्ड (क), (ख) र (ग) -मा उल्लिखित साधन प्रज्ञापनपत्रमा घोषणा गरेको अवधिभन्दा बढी बसेको फेला परेमा वा झुट्टा विवरण दिई नेपालभित्र बसेको ठहरेमा जफत गर्न सकिनेछ। फिर्ता लैजाने क्रममा मनासिब कारण भई बढी अवधि बसेको त्यस्तो साधनको मूल्यमा नबढ्ने गरी बढी बसेको अवधिको मोटरसाइकल र स्कुटरमा दैनिक एक हजार दुई सय रूपैंयाँका दरले र अन्य साधनमा दैनिक दुई हजार पाँच सय रूपैयाँका दरले महसुल असुल गरी फिर्ता लैजान दिन सकिनेछ।
(ङ) विदेशबाट एल.पी. ग्याँस बोकी ल्याउने मालवाहक कन्टेनर (बुलेट) लाई गन्तव्यस्थलमा अनलोड गर्नका लागि छयानब्बे घण्टासम्म अस्थायी पैठारी महसुल लाग्ने छैन।
(च) विदेशबाट एल.पी. ग्याँस बाहेक अन्य मालवस्तु ढुवानी गरी ल्याएको ट्रक र मालवस्तुसहितको कन्टेनर बोकी ल्याएको ट्रेलरलाई सो मालवस्तु गन्तव्यस्थलमा:अनलोड गर्नको लागि र रित्तो कन्टेनर लिई आएको ट्रेलरलाई भन्सार क्षेत्रभित्र रहेको मालवस्तु लोड गर्नका निमित्त बहत्तर घण्टासम्म अस्थायी पैठारी महसुल लाग्ने: छैन।
(छ) विदेशबाट मालवस्तु ढुवानी गरी नेपाल प्रवेश गरेका ट्रक र मालवस्तु सहितको: कन्टेनर बोकी आएको ट्रेलरले भन्सार क्षेत्रबाहिरबाट मालवस्तु लोड गरी अठ्चालीस घण्टाभित्र फर्केमा अस्थायी पैठारी महसुल लाग्ने छैन। त्यस्तो साधन अठ्चालीस घण्टापछि भन्सार क्षेत्र बाहिरबाट मालवस्तु लोड गरी फर्केमा खण्ड (ग) वमोजिमको अस्थायी पैठारी महसुल लाग्नेछ।
(ज) खण्ड (ङ), (च) र (छ) मा उल्लिखित ढुवानीसँग सम्बन्धित साधनहरू तत् तत् खण्डमा उल्लिखित समयावधिभित्र बन्द, हड्ताल, विपद्, दुर्घटना जस्ता कारणले फिर्ता हुन नसकी अस्थायी महसुल लाग्ने अवस्था भएमा भन्सार कार्यालयको प्रमुखले बढीमा अर्को तीन दिनसम्मको म्याद थप्न सक्नेछ र यसरी थपिएको अवधिको महसुल लाग्ने छैन। (४) भाग ८७ को गाडी र तिनका चेसिस पैठारी भएकोमा जुन किसिमको सवारी साधनको चेसिस वा जुन किसिमको: गाडी भनी महसुल बुझाएको छ सोही किसिमको सवारी साधनमा दर्ता गर्नु पर्नेछ। अर्को किसिमको सवारी साधनमा दर्ता गरी प्रयोग. गर्नु परेमा भन्सार कार्यालयले महसुल नपुग हुने भए सो .(रकम असुल गरी स्वीकृति दिएको अवस्थामा मात्र अर्को किसिमको सवारी साधनमा दर्ता गरी प्रयोग गर्न सकिनेछ र स्वीकृति .नलिई दर्ता गरेको वा प्रयोगमा ल्याएको सवारी साधन जफत गरिनेछ।
(५) शीर्षक ८७.०२ को प्रयोजनका लागि सीट संख्या गणना गर्नु पर्दा नियमित सीट सङ्ख्या र ड्वाइभर सीट गणना गरिनेछ।
तर कण्डक्टर सीट एवं अन्य अतिरिक्त सीट तथा फोल्डिङ्ग सीटलाई गणना गरिने छैन।
(६) नेपाल सरकार, प्रदेशसरकार, स्थानीय तह वा नेपाल सरकारको पूर्ण स्वामित्व रहेका संस्थाले महसुल सुविधामा पैठारी गरेका पाँच वर्षभन्दा पुराना गाडी र यन्त्र उपकरण लिलाम बिक्री गर्दा त्यसमा भन्सार महसुल लाग्ने छैन।
तर भन्सार ऐन, २०६४ बमोजिम जफत भई नेपाल सरकारको निर्णय अनुसार नेपाल सरकारको स्वामित्वमा रहेका सवारी साधन लिलाम गर्दा पाँच वर्षको बन्देज लागू हुने छैन।
(७) अस्थायी पैठारी भएका सवारी तथा ढुवानीका साधन दुर्घटना भई वा अन्य अनुसन्धानको सिलसिलामा कब्जामा रहेको व्यहोरा सम्बन्धित प्रहरी वा राजस्व अनुसन्धान विभाग वा सो अन्तर्गत कार्यालयबाट प्रमाणित भएमा सो अवधिको लाग्ने महसुल सूल.भन्सार कार्यालयको प्रमुखले मिनाहा दिन सक्नेछ।
(८) कुनै बिदेशी यात्रुले सवारी साधन सहित नेपाल प्रवेश गर्दा यस दफा बमोजिम महसुल बुझाउन छुट भएको र निजले पछि कुनै भन्सार कार्यालयमा स्वयं उपस्थित भई महसुल बुझाउन निवेदन दिएमा भन्सार अधिकृतले जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा पच्चीस हजार रुपैयाँ जरिबाना र लाग्ने महसुल लिई त्यस्तो सवारी साधन विदेश फिर्ता लैजान दिन सक्नेछ।
तर,
(क) त्यस्तो सवारी साधन नेपाल प्रवेश गरेको मितिले सात दिनभित्रको हुनु पर्नेछ।
(ख) कुनै पनि व्यक्ति वा निकायबाट पक्राउ गरी भन्सार कार्यालयमा मुद्दाको: रुपमा पेश भएको हुनु हुँदैन।
(९) नेपालमा खानेपानी तथा सिँचाइ कार्यको लागि भूमिगत पानी निकाल्न पैठारी गरिने बोरिङ मेशिन जडित ढुवानीका साधन अस्थायी पैठारी गर्दा भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि करको सट्टा एकमुष्ट समदरमा भन्सार महसुल प्रति.दिन तीन हजार रुपैयाँ लाग्नेछ । त्यसरी पैठारी गरेको वोरिङ मेशिन जडित त्यस्ता ढुवानीका साधन छ महिनाभन्दा बढी नेपालमा राख्न पाइने छैन। सो अवधिभन्दा बढी बसेको फेला परेमा वा नेपालभित्र: झुट्टा विवरण दिई बसेको ठहरेमा जफत गर्न सकिनेछ। फिर्ता लैजाने क्रममा मनासिब कारण भई बढी अवधि बसेको त्यस्तो साधनको मूल्यमा नबढ्ने गरी बढी बसेको अवधिको दैनिक पाँच हजार रूपैयाँका दरले महसुल असुल गरी फिर्ता लैजान दिन सकिनेछ ।